बिहीबार, वैशाख ३०, २०७८

नयाँ स्थायी समिति गठन, नेपाल समूहका नेताहरु हटे

वामदेव गौतम समेटिए

ज्योतिन्यूज २०७८ वैशाख १० गते १३:४७

काठमाडौं । नेकपा–एमालेको महाधिवेशन आयोजक समितिको बैठकले नयाँ स्थायी समिति गठन गरेको छ। सो समितिमा माधवकुमार नेपाल सहितका नेताहरुलाई हटाइएको छ भने वामदेव गौतमलाई समेटिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रबार बसेको बैठकले १७ सदस्यीय स्थायी समिति गठन गरेको हो।

सो समितिका सदस्यहरुा के पी ओली, वामदेव गौतम, इश्वर पोख्रेल, रामबहादुर थापा, बिष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोख्रेल, प्रदीप ज्ञवली, लेखराज भट्ट, टोपबहादुर रायमाझी ,सत्यनारायण मण्डल, बिष्णु रिमाल, छविलाल बिष्वकर्मा, पृथ्वीसुब्बा गुरुङ्ग, रघुबीर महासेठ, मणि थापा, केशब बडाल र पुष्प राज कडेंल रहेका छन्।

प्रतिक्रिया