शुक्रबार, वैशाख ३१, २०७८

लकडाउनमा क्लासिकटेकको इन्टरनेटमा छुटको बहार

ज्योतिन्यूज २०७८ वैशाख १७ गते १८:५२

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक संस्था क्लासिकटेकले तुफान अफर सार्वजनिक गरेको छ। कोभिडका कारण जारी भएको निषेधाज्ञा तथा लकडाउनमा सेवाग्राही को आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले तुफान अफर सार्वजनिक गरेको हो।

निषेधाज्ञाका समयमा घरमा बसेर गरिने कार्यालयको काम र अनलाइन कक्षालाई मध्येनजर गरेर उक्त अफर ल्याइएको कम्पनीले बताएको छ।

उक्त अफरमा सेवाग्राहीले ५० एमबिपिएसदेखि एक सय एमबिपिएससम्मको हाइ स्पिड इन्टरनेट र फ्री आइपिटिभी पाउनेछन्।

अफरमा ५० एमबिपिएसदेखि अन्तर्गत भ्याट बाहेक प्रति महिना १ हजार २ सय २५ को दरमा एक वर्षको लागि १५ हजार रूपैयाँमा २ वटा टिभी निशुल्क हेर्न पाइने छ।

८० एमबिपिएस अन्तर्गत ३ वटा टिभी प्रतिमहिना १४ हजारका दरले १६ हजार ८ सय र १ सय एमबिपिएस अन्तर्गत ३ वटा टिभी प्रति महिना १८ हजारको दरले २१ हजार ६ सयमा जडान गर्न सकिने छ।

कम्पनीले रिचार्जमा अफर दिएको छ। जसमा ग्राहकले ५० एमबिपिएस, ८० एमबिपिएस र सय एमबिपिएसमा रिजार्ज गर्दा ३० प्रतिशतसम्म नगद छुट प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया