शुक्रबार, वैशाख ३१, २०७८

११ वर्षपछि सिरी ‘ए’ फुटबलको उपाधि इन्टर मिलानलाई

ज्योतिन्यूज २०७८ वैशाख २० गते ६:३४

एजेन्सी । सिजनका खेल नसकिँदै इन्टर मिलानले इटालियन सिरी ‘ए’ फुटबलको उपाधि जितेको छ । आइतबार दोस्रो स्थानको एट्लान्टा बराबरीमा रोकिएपछि इन्टरले उपाधि जितेको हो ।

एट्लान्टाको बराबरीसँगै १३ अंकको स्पस्ट अग्रता बनाउदै इन्टरले उपाधि जितेको हो । इन्टरले ११ वर्षपछि सिरी ‘ए’ को उपाधि जितेको हो । इन्टरले पछिलो पटक सन् २०१० मा सिरी ‘ए’ को उपाधि जितेको थियो ।

सिरी ‘ए’ मा युभेन्ट्सको एकतर्फी दबदबासमेत इन्टरले यसपटक तोडिदिएको छ ।

प्रतिक्रिया