शुक्रबार, वैशाख ३१, २०७८

कहिले लाग्ला गण्डकी प्रदेशसभाको अर्को बैठकको टुंगो ?

ज्योतिन्यूज २०७८ वैशाख २० गते १४:३९

पोखरा । गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको अर्को बैठक अझै लम्बिने भएको छ ।

सोमबार बसेको कार्यव्यस्था समितिको बैठकले सबै दलको नेताको बैठकले मात्र टुंगो लगाउने निर्णय भएको छ ।

दलको नेताहरूको बैठक कहिले बस्ने भन्ने समय टुंगो लागेको छैन । दलका नेताहरूको बैठक भोलि बस्ने र त्यसपछि मात्र बैठकको मिति टुंग्याउने निर्णय भएको कांग्रेस सांसद कुमार खड्काले जानकारी दिनुभयो ।

यसअघि १५ वैशाखमा बसेको बैठकले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध विपक्षी दलहरुले दर्ता गरेको अविश्वास प्रस्तावमाथि मतदान हुने कार्यसूची थियो । तर जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएपछि सांसदकै निवेदनको आधारमा सभामुखले बैठक अनिश्चितकालको लागि स्थगन गर्नुभएको थियो ।

प्रतिक्रिया