शुक्रबार, वैशाख ३१, २०७८

परिवर्तन

त्रिविशा निरौला २०७८ वैशाख २१ गते ६:१६


कलेज पढ्दा ख्याउटे, पातलो थियौ तिमी
अहिले निकै हट्टाकट्टा भएछौ
उसले बढी नै माया गर्ने भएर नै होला
त्यति बाठो मान्छे निकै एकोहोरो भएछौ
चाहे जस्तोसुकै परिस्थिति आओस आफूलाई
कदापी बदल्न नचाहने मान्छे
तिमी त अचेल निकै परिवर्तन भएछौ !

हामीसँगै मिलेर देखेका ती सपना
आज अर्कैसँग साट्ने भएछौ जिन्दगीको सुख दु:ख
अर्कैसँग बाड्ने भएछौ
चाहे जस्तोसुकै परिस्थिति आओस आफूलाई
कदापी बदल्न नचाहने मान्छे
तिमी त अचेल निकै परिवर्तन भएछौ !

मेरा हरेक वचनलाई मजाक बनाइरहने
तिमी आज उसको हरेक कुरा टेर्ने भएछौ
म भक्कानिदाँ फकाउनका निम्ति खोल्ने त्यो आँचल
आज तिमी अर्कैलाई बेर्ने भएछौ
चाहे जस्तोसुकै परिस्थिति आओस आफूलाई
कदापी बदल्न नचाहने मान्छ
तिमी त अचेल निकै परिवर्तन भएछौ !

साथमा हुँदा दोधारे कुरा कहिल्यै नगर्ने तिमी
आज अर्कैको बोली बोल्ने भएछौ
सोधेको कुरा बाहेक दोहोरो कहिल्यै नबोल्ने
तिमी आज आफ्नो मनको सबै गोप्य कथा
उ सामु खोल्ने भएछौ
चाहे जस्तोसुकै परिस्थिति आओस आफूलाई
कदापी बदल्न नचाहने मान्छे
तिमी त अचेल निकै परिवर्तन भएछौ !

प्रतिक्रिया