शुक्रबार, असार ११, २०७८

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता बढाइने

प्रमुख जिल्ला अधिकारी छलफलमा बस्दै

ज्योतिन्यूज २०७८ वैशाख २१ गते ८:३८

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई एक साता लम्ब्याइने भएको छ । वैशाख १६ देखि जारी निषेधाज्ञाको समय भोलि (बुधबार) सकिँदैछ ।

त्यसको पूर्वसन्ध्यामा आज काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी छलफलमा बस्दैछन् ।

‘निषेधाज्ञा थप एक साता लम्ब्याउने विषयमा कुनै दुविधा रहेन,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भन्नुभयो, ‘निषेधाज्ञालाई थप व्यवस्थित र कडाइसाथ कसरी जाने विषय छलफलबाट निर्णय लिन्छौं ।’

प्रजिअ पराजुलीले निषेधाज्ञाको मोडालिटी उस्तै भए पनि त्यसमा आवश्यक परिमार्जन र कडाइ आवश्यक देखिएको बताउनुभयो ।

निषेधाज्ञालाई थप कडा बनाउन आवागमन नियन्त्रणसम्बन्धी आदेश जारी गरिने उहाँको भनाई छ । संक्रमण तीव्र बन्दै गइरहेको र निषेधाज्ञा उल्लंघन भएको भन्दै थप कडाइ गर्न लागिएको हो ।

प्रतिक्रिया