शुक्रबार, वैशाख ३१, २०७८

आईपीएल क्रिकेट लिगमा आज मुम्बई र हैदरावादबीच खेल हुने

ज्योतिन्यूज २०७८ वैशाख २१ गते ९:१२

एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेट अन्तर्गत आजको खेलले निरन्तरता पाउने भएको छ ।

लिग अन्तर्गत आजका लागि तय भएको मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावादबीचको खेल तय गरिएको समय तालिका अनुसार सञ्चालित हुने बताइएको छ ।

मुम्बई र हैदरावादबीचको खेल दिल्लीस्थित अरुण जेटली स्टेडियममा साँझ पौने ८ बजेबाट सुरु हुनेछ । यसअघि हिजोको लागि तय भएको खेल स्थगित भएको छ ।

सहभागि कोलकोत्ता र चेन्नइका गरी पाँच जना खेलाडीलाई कोरोना सङ्क्रमण देखिएपछि हिजोको खेल स्थगित भएको हो ।

प्रतिक्रिया