शुक्रबार, वैशाख ३१, २०७८

मंगलबार पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

ज्योतिन्यूज २०७८ वैशाख २१ गते १३:२१

काठमाडौँ । मंगलवार पनि सुनचाँदीको मूल्य बढेको छ । यस दिन सुन तोलामा २०० रुपैयाँले बढदै ९० हजार ६ सय मा कारोबार भइरहेको छ ।

सोमबार पनि सुनको मूल्य बढेर प्रतितोला ९० हजार ४०० रुपैयाँ तोकिएको थियो ।
यस्तै यस दिन तेजाबी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

चाँदीको भाउ पनि मंगलबार उकालो लागेको छ । यस दिन चाँदी तोलामा २५ रुपैयाँले बढ्दा प्रतितोला एक हजार ३२५ रुपैयाँमा किनबेच हुँदैछ । महासंघले जनाए अनुसार चाँदी अघिल्लो दिन वृद्धि भई एक हजार ३०० रुपैयाँमा उक्लेको थियो ।

प्रतिक्रिया