शुक्रबार, असार ११, २०७८

बैतडीको पञ्चेश्वरमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या छ पुग्यो

ज्योतिन्यूज २०७८ वैशाख २२ गते ९:११

काठमाडौं । बैतडीको पञ्चेश्वर गाउँपालिकामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
दुर्घटनामा घाइते भएको वडा नम्बर ६ का ५० वर्षीय खेमसिंह भण्डारीको पछिल्लोपटक मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार भण्डारीको हिजो बेलुका जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

यसअघि पञ्चेश्वर–६ का ५० वर्षीय जितसिंह भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, २७ वर्षीय हिम्मत भण्डारी, ४० वर्षीय दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो ।

जिप चालक तेजबहादुर बोहराको उपचारका लागि अस्पताल लाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । मृतकहरुको शव जिल्ला अस्पतालको शवगृहमा राखिएको छ ।

प्रतिक्रिया