शुक्रबार, असार ११, २०७८

काँग्रेसको निर्णयः माओवादी, जसपा र माधव समूहको सहयोगमा सरकार बनाउने

ज्योतिन्यूज २०७८ वैशाख २८ गते १७:३४

काठमाडौँ । नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने गरी आवश्यक समर्थन जुटाउने निर्णय गरेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले राष्ट्रपतिले दिएको समयसीमा भित्र देउवाको नेतृत्वमा सरकार बनाउन बहुमत पुग्ने विश्वास लिएको छ।

बैठकपछि सहमहामन्त्री प्रकाश शरण महतले माओवादी केन्द्र काँग्रेसलाई सघाउने बारे स्पष्ट रहेको र अन्तिम समयसम्ममा जसपा पनि एकजुट हुने विश्वास व्यक्त गर्नुभयो । । यस्तै एमालेकै माधव कुमार नेपाल समूहले तोकिएको समयभित्र एउटा निकास दिने भएकाले पार्टीको नेतत्वमा सरकार बन्ने पर्याप्त आधार रहेको दावी गर्नुभयो ।

काँग्रेस, माओवादी, जसपा र एमालेको माधव नेपाल समूहलाई विश्वासमा लिएर सरकार निर्णय भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया