शुक्रबार, असार ११, २०७८

बाँकेमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

ज्योतिन्यूज २०७८ वैशाख ३० गते ८:२१

बाँके । बाँकेमा कोरोना संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ ।

संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा ३ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ६ जना गरि थप ९ जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

मृत्यु हुनेहरुमा नेपालगन्ज– १ बाँकेकी ४३ वर्षीय महिला, राजापुर–६ बर्दियाकी ५६ वर्षीय महिला, गुलरिया–८ बर्दियाकी ३२ वर्षीय महिला, तुलसिपुर–६ दाङका ४३ वर्षीया पुरुष, बैजनाथ–६ बाँकेका ६४ वर्षीय पुरुष र तुलसिपुर–५ दाङकी ३५ वर्षीया महिला रहेकी छिन् ।

त्यस्तै डुडुवा–३ बाँकेकी ५० वर्षीया महिला, नरैनापुर–५ बाँकेका ४२ वर्षीय पुरुष र नेपालगन्ज–१२ बाँकेकी ७५ वर्षीया महिलाको निधन भएको वलीले जानकारी दिनुभयो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार हालसम्म उपचारका लागि जिल्ला बाहिरबाट आएका १६३ जना र बाँकेकै २१३ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया