शुक्रबार, असार ११, २०७८

एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा जारी

नेपाल-खनाल समूहबारे छलफल हुने

ज्योतिन्यूज २०७८ वैशाख ३० गते ९:४४

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ । बिहान ९ बजेदेखि बालुवाटारमा जारी बैठकमा नेपाल–खनाल समूहको माग सम्बोधन गर्नेबारे छलफल भइरहेको हो ।

सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि ओलीले गरेका सबै निर्णय खारेज गर्दै पार्टी एकता पूर्वको अवस्था (२०७५ जेठ २) मा पुग्नु पर्ने अडान नेपाल–खनाल समूहको छ ।

ती माग पूरा नभए विपक्षी गठबन्धनलाई सरकार बनाउन पुग्ने गरी सामूहिक राजीनामा दिने तयारी गरेको नेपाल–खनाल समूहलाई रोक्ने प्रयत्नमा ओली हुनुहुन्छ ।

यसका लागि नेपाल निवास कोटेश्वरमा विष्णु पौडेललगायतका नेताहरू पनि अहिले छलफलमा जुटेको बताइएको छ । राष्ट्रपतिले बहुमतको सरकार बनाउन दिएको समयसीमा आज सकिँदै गर्दा कांग्रेस नेतृत्वको सरकारलाई सघाउन जसपाभित्र मतक्यैता देखिएको छैन ।

जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षधरहरु नयाँ सरकारको पक्षमा नरहँदा एमालेको नेपाल–खनाल समूहले राजीनामा दिए नयाँ सरकार बन्ने देखिन्छ । तर, राजीनामाबारे माधव नेपाल पक्षमै मतभेद भएको सार्वजनिक भइरहेको छ ।

प्रतिक्रिया