शुक्रबार, असार ११, २०७८

राष्ट्रपति कार्यालयले भन्यो- ७६ (२) अनुसार सरकार बनाउन कसैको दाबी परेन

ज्योतिन्यूज २०७८ वैशाख ३० गते २१:३७

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (२) अनुसार सरकार बनाउन दलहरुलाई दिएको म्याद बिहीबार ९ बजे रातिसम्म कसैको पनि यसमा दाबी परेन।

राष्ट्रपति कार्यालयले बिहीबार ९ बजेपछि एक विज्ञप्ति जारी गर्दै बहुमतको सरकार बनाउन कसैको दाबी नपरेको औपचारिक जानकारी सार्वजनिक गरेको छ।

अब राष्ट्रपति विद्यादेवी भण्डारीलाई सबैभन्दा ठूलो दलको नेताको हैसियतले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्न बाटो खुलेको छ।

प्रतिक्रिया