शुक्रबार, असार ११, २०७८

आफूपक्षका नेताहरुलाई व्रिफिङ्ग गर्दै माधवकुमार नेपाल

ज्योतिन्यूज २०७८ वैशाख ३१ गते १३:१०

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विहिबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीसँग भएको वार्ता र सहमतिबारे आफूनिकटका नेताहरूलाई व्रिफिङ्ग गर्नुभएको छ ।

बिहीबार अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग भएको सहमतिबारे शीर्ष नेताहरूमाझ जुममार्फत छलफल भएको हो । बैठकमा नेता नेपालले हिजो भएको सहमतिबारे स्थायी कमिटी सदस्यहरूलाई ‘ब्रिफिङ’ गगर्नुभएको छ ।

२०७५ जेठ २ कै वरिपरि रहेर सहमति गर्ने गरी बनाउन लागिएको कार्यदलमा पठाउने सदस्यहरूबारे पनि छलफल हुने बताइएको छ ।

नेपालले दिउँसो २ बजे ओलीसँगको वार्ताको निचोडबारे जानकारी गराउन भर्चुअल बैठक डाकेको एक केन्द्रीय सदस्यले बताए ।

हिजो दुई नेतावीच जेठ २ को अवस्थामा पार्टीलाई फर्काउने सहमति भएको थियो । सोही अनुसार नेपाल पक्षका सांसदहरुको राजीनामा रोकिएको थियो । फलस्वरुप प्रधानमन्त्रीमा ओलीको सत्तारोहण तेस्रो पटकपनि सफल भएको छ ।

प्रतिक्रिया