बुधबार, साउन २०, २०७८

जसपाका चार मन्त्रीले दायर गरेको मुद्धाउपर सर्वाेच्चमा सुनुवाई

ज्योतिन्यूज २०७८ जेठ ३ गते १४:५४

काठमाडौं । जसपाको लुम्बिनी प्रदेशका पदमुक्त गरिएका चार सांसदले सर्वाेच्चमा दायर गरेको रिटउपर सुनुवाई चलिरहेको छ ।

पार्टीको निर्णयविपरी सरकारमा सहभागि भएको भन्दै जसपाको उपेन्द्र यादव पक्षको कारवाहीको आधारमा प्रदेशसभा सदस्यबाट पदमुक्त भएका चार मन्त्री सन्तोषकुमार पाण्डेय, विजयबहादुर यदव, सुमन शर्मा र कल्पना पाण्डेले सर्वाेच्चमा मुद्धा दायर गर्नुभएको थियो ।

आफूहरूलाई पदमुक्त गर्ने निर्णय बदरको माग गर्दै दायर रिट उपर न्यायाधीश नहकुल सुवेदीको इजलासमा सुनुवाइ भइरहेको हो ।

यादव पक्षको कारवाहीलाई आधार मानेर प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले वैशाख १६ मा पदमुक्त गरेको सूचना सार्वजनिक गर्नुभएको थियो ।

पदमुक्त गर्नुअघि जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रदेशसभामा पत्र पठाई जसपाले उनीहरूमाथि कारवाही नगरेको र प्रदेश समिति नै नबनेकाले प्रदेशको काम प्रदेशसभा संसदीय दलले नै गर्ने जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया