बुधबार, साउन २०, २०७८

देशी विदेशी शक्ति मिलेर एकता फुटाए, तर हिम्मत नहारौँः नारायणकाजी श्रेष्ठ

ज्योतिन्यूज २०७८ जेठ ३ गते १६:०३

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले देशी विदेशी शक्ति मिलेर नेपालमा भएको बाम एकता फुटाइदिएको बताउँदै अझैपनि हिम्मत हार्न नहुने बताउनुभएको छ ।

अझैपनि कम्युनिष्ट पार्टीहरू बीचको एकता आवश्यक रहेको भन्दै सोमबार नेता श्रेष्ठले नेपाली क्रान्तिलाई अगाडि बढाउन र समाजवाद स्थापना गरी कम्युनिष्ट आन्दोलनलाई विश्व साम्यवादको दिशातिर लैजाने उद्देश्य प्राप्तिका लागि कम्युनिष्ट पार्टीहरूको एकता आवश्यक रहेको बताउनुभयो ।

विगतमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले राजनीतिक परिवर्तनको रक्षा गरी राष्ट्रिय स्वाधिनता सुदृढ गर्ने, सामाजिक–आर्थिक रुपान्तरण गर्ने र समाजवाद स्थापना गर्ने लक्ष्यका साथ पार्टी एकिकरण गरिएको भएपनि देशी विदेशी शक्तिहरूको योजनामा पार्टी फुटाइएको नेता श्रेष्ठको भनाई छ । पार्टी एकताको उद्देश्य, लक्ष्य, मर्म र भावना पार्टी पंक्तिमा पुर्याउन नसक्नु पनि कमजोरी भएको उहाँले बताउनुभयो ।

विदेशी शक्तिका साथै एकताको मर्म नबुझ्ने प्रवृत्तिले एकतामा भाँजो हालेको भन्दै उहाँले भन्नुभयो, ‘हाम्रो उद्देश्यलाई कायमै राख्नुपर्छ, पार्टी एकता एकचोटी विदेशी र देशभित्रका पार्टी एकताको मर्म नबुझ्ने र जनताप्रति गम्भीर र इमान्दार नहुने प्रवृत्तिले पार्टी एकतालाई विभाजनमा पु¥यायो भनेर कम्युनिष्टहरुको एकता काम नलाग्दो रहेछ भन्ने सोच्नु गलत हुन्छ ।’

कम्युनिष्ट पार्टीको उद्देश्य प्राप्तिका लागि पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने उहाँको भनाई छ । उले भन्नुभयो, अब हामीले फेरि कम्युनिष्टहरूलाई कसरी एकताबद्ध गर्ने ? तर वैचारिक राजनीतिक कार्यदिशालाई सहि ढंगले प्रष्ट पारेर, सांस्कृतिक रुपान्तरणको अभियान पनि कम्युनिष्ट आन्दोलनमा अगाडि बढाएर जानुपर्छ ।’

नेता श्रेष्ठले पहिले आफ्नो पार्टीलाई नै रुपान्तरण गर्नुपर्ने अवस्था रहेको भन्दै विगतमा पार्टी एकता गर्नु गल्ती तथा कमी कमजोरी नभएपनि समयमै विभिन्न विषयमा ध्यान दिन नसक्नु कमजोरी भएको र कमजोरी सच्याउन खोज्दा पार्टी विभाजन गरिएको बताउनुभयो ।

प्रतिक्रिया