बुधबार, साउन २०, २०७८

गुल्मेली कलाकारको प्रस्तुतीः आमाको गीतमा छोरीको डेब्यू (भिडियो)

ज्योतिन्यूज २०७८ जेठ ३ गते १६:१५

गुल्मी । सर्जक तथा लोक गायक बैकुण्ठ रायमाझीको लोक दोहोरी गीत ‘कसम’ सार्वजनिक गरिएको छ ।

छोटो समयमा नै धेरैको मन जित्न सफल भएको यस गीतमा चर्चित सर्जक शिव हमालको शब्द र संगीत संयोजन रहेको छ । यो म्युजिक भिडियोमा मृदुल स्वरकी धनी लोक गायिका अञ्जना रायमाझी र सुमधुर स्वरका धनी गायक विमल परियारको स्वर रहेको छ।

सर्जक तथा लोक गायक बैकुण्ठ रायमाझीले दर्जनौँ गीतमा शब्द र संगीत संयोजन गरिसकेका छन् भने केही समय अघि मात्र स्वर्गीय आमा प्रति समर्पित गीत ‘दुधको भारा’ सार्वजनिक गरेका थिए । जसमा शब्द र संगीत संयोजन, स्वर र अभिनय उनी स्वयंको रहेको छ। यस गीतकी गायिका अञ्जना रायमाझी उनै बैकुण्ठ रायमाझीकी धर्मपत्नी हुन भने यस म्युजिक भिडियोबाट अभिनयमा डेब्यू गरेकी स्मृति रायमाझी सुपुत्री हुन।

सानैदेखि युरोपका विभिन्न कार्यक्रमहरूमा नृत्यकला प्रस्तुत गर्दै आएकी स्मृति नृत्य तथा अभिनय कलामा अब्बल छिन्। गुल्मीको वामीका यी रायमाझी परिवार सांगीतिक क्षेत्रको भविष्य उज्वल देख्छन। बैकुण्ठ रायमाझी भन्छन्, ‘म मनोरञ्जन र मौलिक लोक गीत प्रतिको प्रेम र लगावका कारण यी प्रयास गर्ने गरेको छु। मेरो भविष्य मेरो मेहनतले निर्धारण गर्ने हो। महत्वपूर्ण कुरा म आफ्नो कर्ममा कति लगनशील छु भन्ने हो।’

उनी अगाडि थप्छन्, ‘यस पटक सपरिवार नेपालमा रहेको अवसर पारेर केही गीतहरु निर्माण गरेका छौँ। हाम्रा सिर्जनाहरु हेरेर र सुनेर हामीलाई थप हौसला प्रदान गर्ने सम्पूर्ण श्रोता र दर्शक प्रति आभारी छौँ।’

सांगीतिक क्षेत्रमा उदयमान नाम बैकुण्ठ रायमाझीकी पत्नी अञ्जना रायमाझीको जादुमयी आवाज तथा छोरी स्मृति रायमाझीको अभिनयले यस पटक दर्शक तथा श्रोताको मन लोभ्याउन सफल भएको कुरामा हामी विश्वस्त छौँ।

उक्त भिडियो सेरोफेरो नेपाल नामक युट्युब च्यानलबाट अपलोड गरिएको छ ।

भिडियो

प्रतिक्रिया