बुधबार, साउन २०, २०७८

‘गुल्मीमा अक्सिजन प्लान्ट स्थापना गर्न १ करोड बजेट विनियोजन’

ज्योतिन्यूज २०७८ जेठ ३ गते १६:३२

काठमाडौँ । गुल्मीमा अक्सिजन प्लान्ट स्थापना गर्नको निम्ती एक करोड रुपैया विनियोजन भएको छ ।

गुल्मी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयबाट १ करोड़ विनियोजन गरिएको गुल्मी क्षेत्र नम्बर १ का सांसद तथा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञावलीले जानकारी दिनुभयो ।

यतिबेला जिल्लामा सक्रिय कोरोना संक्रमित एक हजार नाघिसकेको अवस्थामा अक्सिजनको पनि अधिकतम माग हुने गरेको कारण जिल्लामा अक्सिजन अभियान चलिरहेको छ । पत्रकार महासंघ गुल्मीले पनि अक्सिजन प्लान्ट स्थापना गर्ने गरी अर्थ संकलन सञ्चालन गरिरहेको छ । हालसम्म ५० लाख भन्दा बढी रकम संकलन भएको महासंघले जनाएको छ ।

यस्तै मन्त्री ज्ञावलीले जिल्ला अस्पतालमा ५ बेडको आइसियु स्थापनाका लागि थप रकमको प्रबन्ध गर्न लागिएको समेत बताउनुभयो ।

रुरु, श्रृंगा र जोहांग खैरेनी प्राथमिक स्वास्थ्य केन्द्रका लागि आवश्यक स्वास्थ्य सामग्री पठाउने जानकारी दिदै अक्सिजन प्लान्टको अभियान सञ्चालन गर्ने पत्रकार महासंघलाई धन्यवाद समेत दिनुभएको छ ।

प्रतिक्रिया