बुधबार, साउन २०, २०७८

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई कोरोना संक्रमण

ज्योतिन्यूज २०७८ जेठ ३ गते १७:०५

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना संक्रमण देखिएको छ ।

एक सातादेखि होम आइसोलेसनमा बसिरहनुभएका प्रदेशका मुख्यमन्त्री भट्टको वैशाख २७ स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।

उहाँको निजी सचिवालयले मुख्यमन्त्री भट्ट एक सातादेखि होम आइसोलेसनमा रहेको जनाएको छ।

भट्टका स्वकीय सचिव शिवसिंह ओलीले कोरोना संक्रमित भएपछि मुख्यमन्त्रीले घरबाटै काम गरिरहेकाको बताउनुभयो ।

भट्ट केही दिनदेखि अस्वस्थ हुनुहुन्थ्यो । उहाँमा खोकी, ज्वरोसहित लक्षण देखिएको जनाइएको छ ।

प्रतिक्रिया