बुधबार, साउन २०, २०७८

दैलेखको दुल्लुमा जिप दुर्घटना, दुईजनाको घटनास्थलमै मृत्य

ज्योतिन्यूज २०७८ जेठ ४ गते ९:५९

काठमाडौं । दैलेखको दुल्लु नगरपालिका–३ सियालामा जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको बा २० च ७१५ नम्बरको जिप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार जिप आज बिहान साढे ६ बजे दुर्घटनामा परेको हो ।

ब्रेक फेल भई जिप कर्णाली राजमार्गबाट ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटना जुम्लाको गुटिचौर गाउँपालिका–४ का जिप चालक ३८ वर्षीय रामहरि न्यौपाने र गुटिचौर–२ की २७ वर्षीया लक्ष्मी न्यौपानेको मृत्यु भएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार जिपमा दुईजना मात्र थिए। निषेधाज्ञाको बेला उक्त जिप कुन प्रक्रियाका लागि सुर्खेत जाँदै थियो भन्नेबारे जुम्लासँग समन्वय भइरहेको श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया