बुधबार, साउन २०, २०७८

कोरोना संक्रमणबाट बाँकेमा थप छ जनाको मृत्यु

ज्योतिन्यूज २०७८ जेठ ४ गते १०:१४

काठमाडौं । बाँकेमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । गएरातिदेखि आज (मंगलबार) बिहानसम्म भेरी अस्पतालमा ४ जना र नेपालगन्ज मेडिकल कलेजमा २ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

भेरी अस्पतालमा मृत्यु हुनेहरुमा नेपालगन्जकी ६२ वर्षीया महिला, खजुराका ८५ वर्षीय पुरुष, सुर्खेत गुर्भाकोटका ६८ वर्षीय पुरुष र दाङ तुल्सीपुरका ५० वर्षीय पुरुष छन् ।

यस्तै नेपालगन्ज मेडिकल कलेजमा कपिलवस्तु शिवराजका ३८ वर्षीय पुरुष र बर्दिया मधुवनका ६५ वर्षीय पुरुषको मृत्यु भएको वलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया