बुधबार, साउन २०, २०७८

प्रधानमन्त्रीको सपथविरुद्ध परेका रिटको सुनुवाइ प्रधानन्यायाधीश राणाको बेञ्चमा

ज्योतिन्यूज २०७८ जेठ ४ गते ११:२८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विवादास्पद सपथविरुद्ध परेका ४ वटा रिटहरु प्रधानन्यायाधीश आफैंले हेर्नुहुने भएको छ ।

प्रधानमन्त्री ओलीले गत शुक्रबार लिएको पद तथा गोपनीयताको सपथ बदरको माग गर्दै परेका रिटहरुको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको एकल बेन्चमा हुन लागेको हो ।

सपथको व्यहोरा उच्चारण नगर्नु गैरसंवैधानिक भएको भन्दै बरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली र अधिवक्ताहरू लोकेन्द्र ओली, नवराज अधिकारी सन्तोष भण्डारी र राजकुमार सुवालले सर्वोच्च अदालतमा रिट दायर गर्नभएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाउँदा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्दावली उच्चारण गर्नुभएको थिएन । राष्ट्रपतिले दोहोर्याएर उच्चारण गराउँदा पनि ओलीले ‘त्यो पर्दैन’ भनेकोले रिट दर्ता भएको हो ।

त्यसैगरी सांसद नभएका ७ मन्त्रीहरुको नियुक्ती पनि बदर गर्न माग गरिएको छ भने प्रधानमन्त्रीलाई पुनः शपथ गर्ने आदेश दिन पनि माग गरिएको छ ।

प्रतिक्रिया