बुधबार, साउन २०, २०७८

राष्ट्रियसभा उपचुनावमा मत माग्दै बादल पुगे माधव निवासमा

ज्योतिन्यूज २०७८ जेठ ४ गते १४:११

काठमाडौं । गृहमन्त्री समेत रहनुभएका एमाने नेता राम बहादुर थापा बादल निर्वाचनमा सहयोग गर्न आग्रह गर्न बरिष्ठ नेता माधव कुमार नेपाल निवास कोटेश्वर पुग्नुभएको छ ।

जेठ ६ गते बिहीबार हुने बागमती प्रदेश राष्ट्रिय सभाको उपनिर्वाचनबारे छलफल गर्न थापा नेता नेपालको निवास कोटेश्वर पुगेको थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिनुभयो । ​

वागमती प्रदेशतर्फको रिक्त राष्ट्रियसभा सदस्यको लागि ६ जेठमा हुन गइरहेको राष्ट्रियसभाको उपनिर्वाचनमा बादल एमालेबाट उम्मेदवार रहनुभएका उहाँ नेपाल निवास जानुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

पार्टी विवाद समाधानका लागि संस्थापन पक्षसँग संवाद शुरू हुनुअघि नेपाल पक्षले नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका विपक्षीसँग मिलेर खिमलाल देवकोटालाई उम्मेदवारका रुपमा अगाडि सारेको थियो ।

पछिल्लो समय संस्थापन पक्षसँग वार्तामा रहेको नेपाल पक्ष राष्ट्रियसभाको उपनिर्वाचनमा कसको पक्षमा उभिन्ने भने विषय प्रष्ट पारेको छैन ।

एमाले एक भएको खण्डमा बादलले जित्ने निश्चित छ । एमालेका उम्मेदवार बादलका पक्षमा मतदान गर्न महासचिव ईश्वर पोखरेलले प्रदेशसभा सदस्य र स्थानीय निकायका प्रमुख, उपप्रमुखलाई ह्वीप जारी गर्नुभएको छ ।

उक्र निर्वाचनमा विपक्षी गठबन्धनले नेपाल समूहका डा. खिमलाल देवकोटालाई उम्मेद्वार बनाएको छ । थापाको चुनाव चिन्ह सूर्य रहेको छ भने देवकोटाको कलम रहेको छ ।

प्रतिक्रिया