बुधबार, साउन २०, २०७८

प्रधानमन्त्रीले फेरि सपथ लिनु नपर्ने, सर्वोच्चले दिएन अन्तरिम आदेश

ज्योतिन्यूज २०७८ जेठ ४ गते १४:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण बदर गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।

प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले निवेदकको माग बमोजिम अन्तरम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो ।

हिजो प्रधानमन्त्रीको शपथ फेरी हुनुपर्ने र सांसद पद नभएका सात मन्त्रीहरु पनि पदमुक्त हुनुपर्ने माग गर्दै सर्वाच्चमा ४ रिटहरु दर्ता भएका थिए ।

यस्तै शपथसम्बन्धी रिटमा सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीसँग  १५ दिनभित्र लिखित जवाफ माग गरेको छ ।

सोमबार दर्ता भएका विभिन्न चारवटा रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री ओलीसहितका विपक्षीसँग लिखित जवाफ माग गरेको हो ।

कारण देखाउm आदेश जारी गर्दै अग्राधिकारमा राखेर हेर्ने निर्णय सर्वाेच्चले गरेको छ । मंगलवार रिटमाथि भएको सुनुवाइपछि जारी आदेश अनुसार रिटलाई अग्राधिकार दिइनेछ । प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ नभनेर ‘त्यो पर्दैन’ भनेपछि शपथविरुद्ध रिट परेको थियो ।

प्रतिक्रिया