बुधबार, साउन २०, २०७८

जसपा संसदीय दलको नेतामा राजेन्द्र महतो

ज्योतिन्यूज २०७८ जेठ ४ गते १५:४७

काठमाडौँ- जनता समाजवादी पार्टीले आफ्नो दलको संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेको पत्र संसद सचिवालयमा पठाएको छ।

पार्टीको गत वैशाख ३० गते बसेको बैठकले जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा महतोलाई चयन गरेको जानकारी संसद सचिवालयमा गराइएको छ।

पार्टीले मंगलबार बैठक गरी आफ्नो नेतृत्वमा बाहेक सरकारमा नजाने स्पष्ट पनि गरेको छ।

यसअघि अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच राजेन्द्र महतोको संसदीय दलको नेताको पद खारेज गर्ने सहमति भएको थियो । तर सहमति भएको केही बैरमै उक्त सहमति भाँडिएको छ ।

प्रतिक्रिया