बुधबार, साउन २०, २०७८

राष्ट्रियसभा उपचुनावः लुम्बिनीमा दुईजनाको उम्मेद्वारी दर्ता

ज्योतिन्यूज २०७८ जेठ ४ गते १६:०४

दाङ । राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा दुईजनाको उम्मेदवारी परेको छ। कांग्रेस, माओवादी केन्द्र, जनता समजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दुगनारायण पाण्डेय र एमालेका तर्फबाट चन्द्रबहादुर खड्काले दाङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

चार दलीय गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेसका पाण्डेय यसअघि लुम्बिनी प्रदेशसभा सदस्य हुनुहुन्थ्यो । एमालेका तर्फबाट प्रदेशसभा सदस्य निर्वाचित उहाँ केही दिनअघि सांसद पदबाट राजीनामा दिएर नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको हो ।

यसैगरी एमालेका तर्फबाट उम्मेदवारी दिएका खड्का यसअघि पनि राष्ट्रियसभा सदस्य उम्मेदवार हुनुहुभएको थियो। माओवादीबाट निर्वाचित अर्घाखाँचीका उहाँलाई एमाले प्रवेश गरेपछि माओवादीले कारवाही गरेको थियो ।

माओवादी कारबाहीपछि रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि एमालेले उहाँलाई नै पुनः उम्मेदवार चयन गरेको हो । यही १७ गते तय गरिएको उपचुनावमा लुम्बिनीमा प्रदेशसभा सदस्य र गाउँपालिका र नगरपालिकाका प्रमुख/उपप्रमुख गरी २ सय ९६ मतदाता छन् ।

प्रतिक्रिया