बुधबार, साउन २०, २०७८

जसपामा रमिताः महन्थ ठाकुरको पत्रमाथि उपेन्द्रको काउण्टर

ज्योतिन्यूज २०७८ जेठ ४ गते १६:५८

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको लामो समयको विवाद समाधान गरी एकता आह्वान गरेको केही समयमै उक्त एकता र सहमति भाँडिएको छ ।

दिउँसो जसपाका अधयक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त वक्तव्यमार्फत पार्टी एकताको आह्वान गरेका थिए । सो सहमतिको क्रममा केही दिन अघि संसदीय दलको नेता चयन गरिनुभएका राजेन्द्र महताको पद खारेज गर्ने र पार्टीको विधान अनुसार नेता चयन गर्ने भनिएको थियो ।

तर सहमति विपरीत अध्यक्ष ठाकुरले संसद सचिवालयमा संसदीय दलको नेतामा महतोनै चयन भएको पत्र पठाएर सचिवलयमा दर्ता भएसँगै विवाद फेरी चुलिएको हो ।

महन्थले पत्र पठाएर संसद सचािवलयमा दर्ता भएको केही बेरमै अर्का अध्यक्ष यादव संसदीय दलको नेता चयन नगरिएको जानकारी दिदै अर्काे पत्र पठाउनुभएको छ ।

हालसम्म जसपा दलको नेता कोही पनि चयन नभएको भन्दै यादवले काण्न्टर पत्र पठाउनुभएको हो ।

कार्यकारिणी समितिबाट संसदीय दलको विधान अनुमोदित हुनुपर्नेमा हालसम्म सा नभएको समेत यादवले सचिवालयलाई जानकारी गराउनुभएको छ । यादवले दलको नेता चयन भनेर सन्चारमाध्यममा आएका प्रचार भ्रमपूर्ण रहेको र कसैले जानकारी दिएकोमा भए त्यसलाई वैधानिकता नदिन पनि माग गर्नुभएको छ ।

दिउँसोमात्रै दुई अध्यक्षले सहमति गरी एक वक्तब्य मार्फत पार्टी सरकारमा नजाने तथा आफ्नै नेतृत्वमा सरकार बनाउने अवस्था आएमात्र सरकार गठनको गृहकार्य गर्ने जनाउनुभएको थियो ।

प्रतिक्रिया