बुधबार, साउन २०, २०७८

एमाले कार्यदलको बैठक सकियो, आचारसंहिता बनाउने निर्णय

राष्ट्रियसभा उपनिर्वाचनबारे भएन निर्णय

ज्योतिन्यूज २०७८ जेठ ४ गते १७:२६

काठमाडौँ । नेकपा एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको पहिलो बैठक सकिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकले पार्टी एकतामा थप चिरा नपार्न आचारसंहिता निर्माण गरेको छ । तर, राष्ट्रिय सभाको उपनिर्वाचनबारे भने केही निर्णय नभएको माधवकुमार नेपाल पक्षबाट कार्यदलको नेतृत्व गरेका भीम रावलले बताउनुभयो ।

बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तय गरी लागू गर्ने निर्णय गरेको रावलले बताउनुभयो ।

पार्टीमा देखिएका समस्यलाई यथोचित रुपमा समाधान गर्दै पार्टीपंक्तिलाई एकताबद्ध रुपमा अघि बढाउन कार्यदलले सबैसँग सद्‌भावका लागि आग्रह गरेको छ, रावलले भने, पार्टी एकता र समझदारीलाई वृद्धि गर्ने र एकआपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने गतिविधिबाट अलग रहन पार्टीपंक्तिलाई हार्दिक आह्वान गर्ने निर्णय पनि गरेको छ।

बैठक बुधबार फेरि बस्नेछ ।

प्रतिक्रिया