बुधबार, साउन २०, २०७८

थपिए ८२०३ जना संक्रमित, १९६ को मृत्यु

ज्योतिन्यूज २०७८ जेठ ४ गते १७:३७

काठमाडौँ । मंगलबार नेपालमा ८२०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । २०२८६ पीसीआर र एन्टिजेन विधिबाट ६९३ जनाको स्वाब परीक्षण भएकोमा उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।

यससँगै देशभर कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा ६८९१ जना निको भएका छन् । यो सँगै निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको छ ।

यस्तै देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ पुगेको छ । यस अवधिमा १९६ जनाको संक्रमणबाट मृत्यु भएसँगै कुल मृत्यु हुनेको संख्या ५४११ पुगेको छ ।

यसअघि सोमबार देशभर ९ हजार २४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो भने २१४ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया