बुधबार, साउन २०, २०७८

काठमाडौँमा थपिए २ हजार ६३५ जना कोरोना संक्रमित

ज्योतिन्यूज २०७८ जेठ ४ गते १७:५४

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ६३५ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २०४९, भक्तपुरमा २२१  र ललितपुरमा ३६५ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार २०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यस्तै गत २४ घण्टामा देशभर १९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया