बुधबार, साउन २०, २०७८

नेपालमा एकैदिन करिब ७ हजार जनाले जिते कोरोना

ज्योतिन्यूज २०७८ जेठ ४ गते १८:१०

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८ सय ९१ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै हालसम्म कोरोनामुक्त हुनेहरुको संख्या ३ लाख ४२ हजार ४ सय १४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर १ लाख १४ हजार ५२९ जना संक्रमित छन्।

पछिल्लो २४ घण्टामा देशभर ८ हजार २०३ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा थप १९६ जना संक्रमितले ज्यान गुमाएका छन्।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा २० हजार २ सय ८६ पीसीआर र ६९३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

प्रतिक्रिया