बुधबार, साउन २०, २०७८

स्याङ्जामा अक्सिजन प्लान्ट स्थापना गर्न मन्त्री अर्यालको पहलमा डेढ करोड बजेट विनियोजन

ज्योतिन्यूज २०७८ जेठ ४ गते १८:१५

स्याङ्जा । जिल्लामा अक्सिजन प्लान्ट निर्माण गरिने भएको छ ।

कोभिड –१९ को परिवर्तित रुपको संक्रमण बढ्दै जाँदा अक्सिजनका अभावमा देशैभर धेरै बिरामीले ज्यान गुमाउन बाध्य भएको घटना सञ्चारमाध्यममा सार्वजनिक भएसँंगै जिल्लामा अक्सिजन प्लान्ट निर्माण गर्नेबारे छलफल गरिएको छ ।

जिल्ला समन्वय समितिका पहलमा जिल्लाका सबै स्थानीय तहका प्रमुख, जिप्रका, सुरक्षा निकायका साथै सरोकार पक्षले अक्सिजन प्लान्ट स्थापना गर्ने गरी अघि बढेका छन् ।

यता कृषिमन्त्री पद्मा अर्यालको पहलमा अक्सिजन प्लान्ट स्थापनाको लागि एक करोड ५० लाख रुपैया रकम अर्थमन्त्रालयबाट विनियोजन भएको छ ।

स्याङ्जा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नेगरी काम अघि बढ्ने भएको हो ।

प्रतिक्रिया