बुधबार, साउन २०, २०७८

कुटपिटबाट १ जनाको मृत्यु, २ जना अभियुक्त पक्राउ

ज्योतिन्यूज २०७८ जेठ ४ गते १८:४२

महोत्तरी – शौचालयको पानी बगेको बिषयमा भएको बिवादमा कुटपिट हुँदा मटिहानी नगरपालिका-३ बर्दाहा बस्ने २५ वर्षीय मो.जाबेद राईनको मृत्यु भएको छ ।

कुटपिटमा संलग्न रहेको अभियोगमा मटिहानी नगरपालिका-३ बर्दाहा बस्ने ४४ वर्षीय असरफ कवारी र सोही ठाउँ बस्ने १९ वर्षीय अमानुन राईलाई प्रहरीले पक्राउ गरेको छ ।

मटिहानी नगरपालिका-३ बर्दाहा बस्ने हजरत राईन र आलिम राईनबिच शौचालयको पानी बगेको बिषयमा भएको बिवादमा कुटपिट हुँदा मानिसहरू घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धिरापुरबाट र प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले घाइते मो.जाबेर समेत ४ जनालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ पठाएकोमा मो.जोबरको बाटोमै मृत्यु भएको हो । अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये १ जनाको अवस्थामा गम्भीर रहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया