बुधबार, साउन २०, २०७८

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर र फुलहम बराबरी

ज्योतिन्यूज २०७८ जेठ ५ गते ७:१९

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र फुलहमले बराबरी खेलेका छन् ।

मंगलबार राति भएको खेलमा युनाईटेड र फुलहमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युनाईटेड अंक बाड्न बाध्य भयो ।

ओल्ड ट्राफोर्डमा १५औँ मिनेटमा एडिन्सन काभानीले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । ७६औँ मिनेटमा जोइ ब्रायनले गोल गर्दै फुलहमलाई १–१ गोलको बराबरीमा फर्काए ।

बराबरीसँगै युनाईटेड ३७ खेलमा ७१ अंकसहित दोस्रो स्थानमा यथावत छ । फुलहम २८ अंकसहित १८औँ स्थानमा छ ।

प्रतिक्रिया