बुधबार, साउन २०, २०७८

समसामयिक विषयमा रणनीति तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

ज्योतिन्यूज २०७८ जेठ ५ गते ९:१९

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज (बुधबार) बस्दैछ । सभापति शेरवहादुर देउवाले दिउँसो साढे २ बजेलाई बैठक बोलाउनुभएको सांसद सुजता परियालरले जनकारी दिनुभयो ।

परियारका अनुसार संसद भवन ल्होत्से हल बानेश्वरमा बैठक बस्दै छ । आजको बैठकबाट समसामयिक विषयमा रणनीति तय गर्ने कांग्रेस संसदीय दलको तयारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी भइरहेका बेलामा बस्न लागेको संसदीय दलको बैठकलाई महत्वका साथ हेरिएको छ ।

गत बैशाख ३१ गते संविधानको धारा ७६ को उपधार ३ अनुसार प्रधानमन्त्री केपी ओली नियुक्त हुनुभएको थियो । ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया