बुधबार, साउन २०, २०७८

देशभरको मौसम बदली

ज्योतिन्यूज २०७८ जेठ ५ गते १०:१९

काठमाडौं । देशभरको मौसम बदली भएको छ । अहिले कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँ तथा देशका अरु एक÷दुई ठाउँमा पानी परिरहेको छ ।

भारतको गुजरात आसपासमा रहेको चक्रवात ताउ–ते र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारतमा बनेको चक्रवातको असर अस्तिदेखि नेपालमा पनि परेको छ । तर चक्रवात विस्तारै कमजोर बन्दै गएको र उत्तर–पूर्वतर्फ सरिरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कंडेलले बताउनुभयो ।

आज दिउँसोपख पनि मौसम बदलीकै अवस्था रहनेछ । कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा एक÷दुई ठाउँमा ठूलो र अरु ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ । बाँकी वाग्मती, प्रदेश दुई र एकका पहाडी केही ठाउँमा मेघगर्जन÷चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको ।

प्रतिक्रिया