बुधबार, साउन २०, २०७८

पूर्व आईजिपी बरालको ९३ वर्षको उमेरमा निधन

ज्योतिन्यूज २०७८ जेठ ५ गते ११:५५

काठमाडौं । नेपाल प्रहरीका पूर्व महानिरिक्षक – आईजिपी खड्गजित बरालको निधन भएको छ। बरालको ९३ वर्षको उमेरमा मंगलबार साँझ निधन भएको हो।

बरालको बुधबार पशुपती आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ। केही समयदेखि बिरामी रहनुभएका बरालले २०२९ साउनदेखि २०३५ जेठसम्म नेपाल प्रहरीको नेतृत्व गर्नुभएको थियो ।

प्रतिक्रिया