बुधबार, साउन २०, २०७८

लमजुङ भएको भूकम्पमा परीः २७ घरमा क्षति, घाइते एकजनालाई चितवन पठाइयो

ज्योतिन्यूज २०७८ जेठ ५ गते १२:५७

पोखरा । बुधबार बिहान लमजुङ मर्स्याङदी गाउँपालिका केन्द्र बनाएर गएको भुकम्पमा परी २७ घरमा क्षति पुगेको विवरण प्राप्त भएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रवक्ता तथा डिएसपी गंगा थापाका अनुसार भुकम्पमा परी ६ जना घाइते भएका छन् ।

डिएसपी थापाका अनुसार घाइतेमध्ये एकजनाको अवस्था गम्भीर भएकाले थप उपचारका लािग चितवन पठाइएको छ । ‘एक जनाको टाउकोमा चोट लागेको छ ।

त्यसैले थप उपचारका लागि चितवन पठाइएको छ’ उहाँले भन्नुभयो । डिएसपी थापाका अनुसार भूकम्पको क्षतिबारे थप विवरण आउन अझै बाँकी छ । ‘अहिले सबै निकायलाई खबर गरेर हाम्रा जवानहरु खटाएका छौं । क्षति विवरण आउन अझै बाँकी छ,’ उहाँले भन्नुभयो ।

लमजुङ केन्द्रविन्दु बनाएर बुधबार बिहानमात्र ३ पटक भूकम्प गएको थियो ।

प्रतिक्रिया