बुधबार, साउन २०, २०७८

बर्दियामा अक्सिजन प्लान्ट जडान गर्न रु डेढ करोड

ज्योतिन्यूज २०७८ जेठ ५ गते १३:०७

बाँके । बर्दिया जिल्ला अस्पतालमा अक्सिजन जडानका लागि सङ्घीय सरकारले विनियोजन गरेको रकमबाट तत्काल लागि उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले रु डेढ करोड विनियोजन गर्नुभएको छ ।

उपलब्ध रकम अस्पतालको मागअनुसार नै भएको जिल्ला अस्पताल बर्दिया गुलरिया अध्यक्ष अङ्गद श्रेष्ठले बताउनुभयो । उहाँले मन्त्रालयबाट प्राप्त रकमको सही तवरले उपयोग गरिने बताउनुभयो । बर्दियामा स्वास्थ्यकर्मीको जनशक्ति कमी भएको हुँदा थप पहल गरिइरहेको राज्यमन्त्री विकले जानकारी दिनुभयो ।

दोस्रो लहरको कोरोना महामारीमा सङ्घीय सरकारले देशभरिका १२ अस्पताललाई रु १६ करोड ८० लाख विनियोजन गरेको छ । ती अस्पतालमध्ये बर्दिया अस्पताललाई अक्सिजन प्लान्ट र पाइप लाइन विस्तारका लागि डेढ करोड विनियोजन गरिएको हो ।

प्रतिक्रिया