बुधबार, साउन २०, २०७८

प्रधानमन्त्री ओलीले नै गरे निर्वाचन आचारसंहिता उल्लंघन

ज्योतिन्यूज २०७८ जेठ ५ गते १३:४१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नै निर्वाचन आचारसंहिता उल्लंघन गर्नुभएको छ । सोमबार रातिदेखि राष्ट्रियसभा निर्वाचनको लागि मौन अवधि शुरू भएको अवस्थामा प्रधानमन्त्रीले बुधबार विज्ञप्ती जारी गदै एमालेका उम्मेद्वार राम बहादुर थापालाई मत माग्नुभएको हो ।

मौन अवधिमा निर्वाचन प्रचारसम्बन्धी कुनै पनि क्रियाकलाप गर्न पाइदैन ।

जेठ ६ गते अर्थात् भोलि हुन लागेको वाग्मती प्रदेशअन्तर्गगतको राष्ट्रियसभाको उपनिर्वाचनमा एमाले एमालेबीच नै प्रतिस्पर्धा हुन लागेको छ । ओली समुहबाट उमेदवार रामबहादुर थापा बादल हुनुहुन्छ भने विपक्षी गठबन्धनबाट नेपाल समूहका डा. खिमलाल देवकोटा उम्मेद्वार हुनुहुन्छ ।

बुधबार बादललाई जिताउनका लागि ओलीले विज्ञप्ति नै जारी गर्नुभएको हो । चेतावनीयुक्त विज्ञप्तीमा एमालेको कार्यकर्ता भएर एमालेका उम्मेद्वार बादललाई भोट दिन भनिएको छ । अन्यथा क्षमा गर्न नसकिने उहाँको चेतावनी छ ।

प्रतिक्रिया