बुधबार, साउन २०, २०७८

नवलपरासीमा सशस्त्र प्रहरी र स्थानियवीच झडपः गोली लागेर युवकको मृत्यु

ज्योतिन्यूज २०७८ जेठ ५ गते १३:५१

काठमाडौँ – नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ।

बुधबार बिहान प्रहरीले गोली चलाउँदा भारत जान थालेका युवक अविनाश राजभरको मृत्यु भएको हो।

सुस्ता गाउँपालिका–५ स्थित नथुई नाकाबाट भारततर्फ जान लागेका स्थानीय युवालाई सशस्त्र प्रहरीले रोक्दा विवाद सुरु भएको थियो।

त्यसक्रममा गाउँलेहरु आएर प्रहरीको टोलीमाथि आक्रमण गरेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको प्रहरीले दाबी गरेको छ।

प्रतिक्रिया