बुधबार, साउन २०, २०७८

प्रधानमन्त्री ओलीले मौन अवधि तोडेको भन्दै निर्वाचन आयोगको चेतावनी

ज्योतिन्यूज २०७८ जेठ ५ गते १४:४१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नै निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले ध्यानाकर्षण भएको जनाएका छ ।

सोमबार रातिदेखि राष्ट्रियसभा निर्वाचनको लागि मौन अवधि शुरू भएको अवस्थामा प्रधानमन्त्रीले बुधबार विज्ञप्ती जारी गदै एमालेका उम्मेद्वार राम बहादुर थापालाई मत माग्नुभएको थियो । मौन अवधिमा निर्वाचन प्रचारसम्बन्धी कुनै पनि क्रियाकलाप गर्न पाइदैन ।

तर यस अवधिमा आचार संहिता विपरीत वक्तब्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने कार्य भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

निर्वाचनको सिलसिलामा राजनीतिक दल, सार्वजनिक निकाय तथा सञ्चार माध्यम लगायतले पालना गर्नुपर्ने आचार संहिता समेत लागू भइसकेको सन्दर्भमा आचार संहिता विपरितका यस्ता क्रियाकलापले निर्वाचनको स्वच्छता र विश्वसनीयता प्रति नै आघात पार्ने आयोगले बुधबार एक विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

जेठ ६ गते अर्थात् भोलि हुन लागेको वाग्मती प्रदेशअन्तर्गगतको राष्ट्रियसभाको उपनिर्वाचनमा एमाले एमालेबीच नै प्रतिस्पर्धा हुन लागेको छ । ओली समुहबाट उमेदवार रामबहादुर थापा बादल हुनुहुन्छ भने विपक्षी गठबन्धनबाट नेपाल समूहका डा. खिमलाल देवकोटा उम्मेद्वार हुनुहुन्छ ।

आयोगले निर्वाचन आचार संहिता कडाइका साथ लागू गर्न नसक्ने भनी आलोचना पनि गर्ने र अर्कोतर्फ आफै आचार संहिता विपरीतका गतिविधिमा संलग्न हुनु कुनै पनि दृष्टिकोणबाट स्वीकार्य हुन नसक्ने आयोगले जनाएको छ ।

आयोगले निर्वाचन आचार संहिता विपरितका कार्य गर्ने व्यक्ति वा संस्थालाई कानून बमोजिम कारवाही गर्न सक्ने कुरा प्रष्ट गर्दै यसरी आचार संहिता विपरीत कार्य गर्नेको अभिलेख राखिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया