बुधबार, साउन २०, २०७८

गुल्मीमा थपिए ४० संक्रमित, ३ जनाको मृत्यु

ज्योतिन्यूज २०७८ जेठ ५ गते १४:५१

तम्घास । गुल्मीमा बुधबार ४० जना नयाँ संक्रमित भेटिएका छन् । जनस्वास्थ्य कार्यालय गुल्मीका अनुसार यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या १४८१ पुगेको छ ।

यस्तै हालसम्म ३२० जनाले कोरोना जितेका छन् । यो सँगै सक्रिय संक्रमितको संख्या ११ सय रहेको छ ।

पछिल्लो समयमा थप तीन जनाको मृत्यु भएसँगै हालसम्म निधन हुनेहरुको संख्या ६१ पुगेको छ ।

जिल्लामा कोभिड संक्रमण समुदायस्तरमा फैलिएको कारण १५ जेठसम्म लकडाउन गरिएको छ ।

प्रतिक्रिया