बुधबार, साउन २०, २०७८

वरिष्ठ चराविज्ञ ‘काजी दाइ’को ९४ वर्षको उमेरमा निधन

ज्योतिन्यूज २०७८ जेठ ५ गते १४:५४

काठमाडौँ – नेपालमा चरा संरक्षण अभियान तथा चरा सम्बन्धी अध्ययनको सुरुवात गरेका वरिष्ठ चराविज्ञ हरिशरण नेपाली अर्थात काजी दाइको निधन भएको छ।

उनको काठमाडौँको क्षेत्रपाटी, ठमेल स्थित घरमै बुधबार बिहान ९४ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै नेपाल पक्षी संरक्षण संघका अध्यक्ष राजेन्द्र गुरुङ्गले जानकारी दिएका छन्।

बुधबार बिहान उठेर नित्यकर्म सकी बिहानीको खाजा खाने तयारी हुँदै (बिहान सवा ८ बजेतिर) गर्दा अचानक असहज महशुस गरेका नेपालीको निधन भएको हो। उनको शोभागवतिमा अन्तिम संस्कार गरिएको छ।

नेपाल पक्षी संरक्षण संघका संस्थापक अध्यक्ष समेत रहेका नेपालीले नेपालमा चरा अवलोकन, पहिचान तथा संरक्षणको जग बसालेको गुरुङले बताए।

प्रतिक्रिया