बुधबार, साउन २०, २०७८

हिहि !!

डी. चीरञ्जीवि २०७८ जेठ १० गते १०:५४

यिनी – सरकार चलाउन गाह्रो भाे, के गर्ने हाेला ?
उनी – विघटनको प्रस्ताव ल्याउ, म हस्ताक्षर हान्दिन्छु ।
यिनी – कार्यकर्तालाई के भन्ने ?
उनी – राष्ट्रहितमा अध्यादेश जारी भन्न लाउने नि ! बरु राष्ट्रका नाममा सम्बाेधन गर्ने नि !
यिनी – त्याे पर्दैन ।
उनी – हिहि !

यिनी – अध्यादेश त ल्याइयाे, चर्काे विरोध भाे ।
उनी – फिर्ताको प्रस्ताव ल्याउ, म हस्ताक्षर हान्दिन्छु ।
यिनी – कार्यकर्तालाई के भन्ने ?
उनी – राष्ट्रहितमा अध्यादेश फिर्ता भन्न लाउने नि ! बरु राष्ट्रका नाममा सम्बाेधन गर्ने नि !
यिनी – त्याे पर्दैन ।
उनी – हिहि !!

यिनी – सर्वाेच्चमा मुद्दा परेछ के गर्ने ?
उनी – महाभियोग लाइदेउ न, बरु परेछ भने म हस्ताक्षर पड्काइदिन्छु ।
यिनी – उहिले नै हाम्रो मान्छेलाई प्रधानन्यायाधीश बनाउनुपर्ने रहेछ, साेचिएन ।
उनी – हिहि !

यिनी – लाै न चुनाव गराम् ।
उनी – प्रस्ताव ल्याउ, म हस्ताक्षर ठाेक्दिन्छु ।
यिनी – कात्तिकतिर गराउँ है त
उनी – हुन्छ । बरु महामारी छ । चुनावमा हुने खर्चले स्वास्थ्यसामग्री पाे किन्ने कि ?
यिनी – त्याे पर्दैन !
उनी – हिहि !!

डी. चीरञ्जीवि

डी. चीरञ्जीवि ज्योतिन्यूजमा समसामयिक विषयमा व्यंग्य प्रस्तुत गर्छन ।

प्रतिक्रिया