बिहीबार, असार १०, २०७८

गलत सोचले जन्माएको विभेदकारी प्रवृत्ति अन्त्य हुन जरुरी छ

लक्ष्मण श्री २०७८ जेठ २१ गते १७:४४

आज २१ जेष्ठ २०७८, १५ औं जातिय भेदभाव तथा छुवाछूत उल्मुलन राष्ट्रिय दिवस। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस दिन गत वर्ष र यस वर्ष कोरोनाभाइरसको कारण कार्यक्रम रोकिए ।

२०६३ साल जेठ २१ गते सरकारले नेपाललाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको थियो । त्यसै दिनको सम्झनामा वर्तमान सरकारले हरेक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

केन्द्रसंगै ७७ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा दिवस मनाईंदैछ । सरकारले प्रधानमन्त्रीको नेतृत्वमा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन कार्यान्वयन गर्न समिति गठन गर्ने घोषणा आगामी आर्थिक वर्षको बजेट मार्फत गरेको छ।

यसै विषयमा सामाजिक अभियानता तथा कलाकार लक्ष्मण श्री आफ्नो विचार यसरी लेख्नु हुन्छ ।

समस्या सोचमा छ्र चिन्तनमा छ, व्यवहारमा छ । सोचले जन्माएको विभेदकारी प्रवृत्ति अन्त्य हुन जरुरी छ । प्रकृतिलाई जित्ने होइन जित्न सकिँदैन पनि प्रकृतिवाट सिक्ने हो । प्रकृतिले कोहि कसैलाई भेदभाव गरेको छैन भन्ने प्रमाण त कोरोनाभाइरस र विभिन्न प्राकृतिक प्रकोपवाट हुने क्षतीले पुष्टि गरेको छ । मानवले मानवलाई जातको आधारमा रंगको आधारमा भेदभाव गर्ने सोच अपराधिक छ । यो समाज दलित समुदायसँग खानपान र रमाइलो गर्न तयार छ तर अस्तित्व स्वीकार्न तयार छैन। बुहारी स्वीकार्न तयार छैन‚ ज्वाइँ स्वीकार्न तयार छैन।

मानिसहरू अरुको घरमा देख्न चाहान्छन्, आफ्नो घरमा होइन। यसको मुख्य कारण भनेको कानून कार्यान्वयन गर्ने स्थानमा दलितहरूको सहभागिता नहुनु र राजनीतिक इच्छाशक्ति नहुनु नै हो।

जातीय छुवाछूत मुक्त रास्ट्र घोषण गरेको आज १५ वर्ष हुदा सम्म पनि विभेदको घट्नाहरु बृद्धि हुनु अजित मिजार, लक्ष्मी परियार,वर्ष दिन आगाडि घटन् नवराज बिक लगायतका धेरै निर्दोषका मारिनु तर हत्याराहरुलाई कडा कानूनी कारवाही नहुनुले नै छुवाछूत अपराध गर्नेलाई झन हौँसला दिनु जस्तै हो ।

सधैं यस्तै भइरहने हो भने लाजमर्दो कुरा अपराधिले कानूनलाई चुनौती दिने कानूनी राज्यको धव्जि उडाने मात्र हुने छ । त्यसैले जातीय विभेदविरुद्धका कानूनहरू जबसम्म सम्पूर्ण राज्य शक्ति राजनितिज्ञहरु प्रधानमन्त्री‚ राष्ट्रपति‚ मन्त्रीहरू, न्याय मुर्तिहरु, प्रहरी, प्रशासन उच्च र ओहदामा रहेका व्यक्तिहरू कार्यान्वयन गर्न सम्पूर्ण राज्यनै लाग्दैन तबसम्म यो अझै समस्या देखिन्छ ।

सबै आफ्नो ठाँउवाट मानवताका लागि, विभेद अन्त्य लागि लागौं । अन्यथा दलितहरु न्यायप्रेमी गैरदलित साथीहरू एकजुट अन्तिम लडाइँ लड्नुको विकल्प छैन । जातीय छुवाछूत विभेद ठुलो मानव अपराध हो यस्को अन्त्य होस् ।

१५ औं जातिय भेदभाव तथा छुवाछूत उल्मुलन राष्ट्रिय दिवसको अबसरमा सबैमा हार्दिक शुभकामना । कोभिड १९ संक्रमणवाट आफू बाचौं र अरुलाई पनि बचाऔं ।

प्रतिक्रिया