बिहीबार, असार १०, २०७८

विश्वकप र एसियन कप छनौटका लागि नेपालले आज जोर्डनसँग खेल्दै

ज्योतिन्यूज २०७८ जेठ २४ गते ११:५०

काठमाडौँ । फिफा विश्वकप सन २०२२ तथा एसियन कप सन २०२३ को छनौट चरणमा नेपालले आज जोर्डनसँग खेल्दैछ ।

दोस्रो चरणको छनोट खेल आज राति पौने १० बजे कुवेतको कुवेत सिटीमा रहेको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा हुनेछ ।

नेपालका लागि आज जित्न ठूलो चुनौती छ । जोर्डन पनि आज नेपाललाई हराएर विश्वकपमा छनोट हुने आशा जीवित राख्न चाहन्छ । यसअघि नेपालले चाइनिज ताइपेईमाथि २–० गोलको जित निकालेको थियो । चाइनिज ताइपेईलाई हराउनुअघि इराकसँगको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोल अन्तरले पराजित भएको थियो ।

नेपालले अब आउँदो शुक्रवार अष्ट्रेलियासँग खेल्नेछ । छनोटको समूह ुबीु मा रहेको नेपालले ६ खेलमा ६ अङ्क जोडेको छ । नेपाल तालिकाको चौथो स्थानमा रहेको छ । जोर्डन ५ खेलमा १० अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया