बिहीबार, असार १०, २०७८

नेपालमा घट्यो कोरोना संक्रमण, एकैदिन ५३ सय निको

ज्योतिन्यूज २०७८ जेठ २७ गते १७:४३

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको दोस्रो लहरमा कमी आएको छ । पछिल्लो समय निरन्तर घट्दै गइरहेको संक्रमण बुधबार ३,७४९ जनामा पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै ५२९३ जना संक्रमण मुक्त हुँदा सोही अवधिमा ५९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

यससँगै देशभर पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको कुल संख्या ६ लाख १ हजार ६८७ र एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको संख्या १७ हजार ७१४ पुगेको छ भने निको हुनेको कुल संख्या ५ लाख १५ हजार ५९१ पुगेको बताइएको छ ।

यस्तै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार २३८ पुगेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया