बिहीबार, असार १०, २०७८

मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मतः ढल्यो सरकार

ज्योतिन्यूज २०७८ जेठ २७ गते १८:०३

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउन असफल हुनुभएको छ । विहिबार प्रदेशसभामा उहाँले विश्वासको मतको निम्ती पेश गरेको विश्वासको मतको निवेदन अस्वीकृत भएको हो ।

सभामुख नेत्रनाथ अधिकारीले गुरुङलाई विश्वासको मत मिल्न नसकेको सावित गर्दै उहाँको पक्षमा २७ मत परेको छ । त्यस्तै विपक्षमा ३० मत परेको घोषणा गर्नुभयो ।

जम्मा उपस्थित ५८ जनामध्ये मतदान ५७ जनाले गरको उहाँले बताउनुभयो । यो सँगै सुब्बा नेतृत्वको यो सरकार ढलेको छ । अब नयाँ सरकारको प्रक्रिया शुरू हुन्छ ।

प्रतिक्रिया