बिहीबार, असार १०, २०७८

याङ्ग्री र लार्के खोलामा तत्काल कार्य सुरु गर्न प्रधानमन्त्री ओलीको निर्देशन

ज्योतिन्यूज २०७८ जेठ २७ गते १८:१५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको आवश्यक परीक्षणसँगै याङ्ग्री र लार्के खोलामा समेत तत्काल कार्य सुरु गर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज खानेपानी मन्त्रालय तथा मेलम्ची खानेपानी आयोजना सम्बन्धी अद्यावधिक जानकारी लिएपछि ओलीले दुवै खोलाबाट पानी ल्याउन आवश्यक गृहकार्य थाल्न निर्देशन दिनुभएको हो । हाल मेलम्ची खोलाबाट प्रतिदिन १७ करोड लिटर पानी आइरहेको छ ।

यसमा सिन्धुपाल्चोकको उत्तरी भेगमा रहेका याङ्ग्री खोलाबाट १७ करोड लिटर र लार्के खोलाबाट थप १७ करोड लिटर थपिएपछि राजधानीमा कुल ५१ करोड लिटर पानी झार्न सकिन्छ । राजधानीबासिको लामो समय अघिदेखिको सपना पूरा गर्दै गत चैत २१ गतेदेखि औपचारिक रुपमा मेलम्चीको पानी वितरण थालिएको थियो ।

प्रतिक्रिया